Tuesday, 16th June, 2026
वि.स.

हेटौडाकी गर्भवती महिलालाई कोरोना संक्रमण देखियो

Garv-1590559155.jpg

वाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको छ । १४ जेठमा हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा–१, स्थित चौकीटोलकी २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । उनी जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । उनी ५ महिनाको गर्भवती रहेकी छिन् ।

महिलाको घर भएको क्षेत्रलाई सिल गर्ने र महिलालाई आइसोलेसन वार्डमा पठाइएको हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

-इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०