Monday, 15th June, 2026
वि.स.

हेटौंडा वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु

he-1585462329.jpg

 हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस कोभीड–१९ को संक्रमण फैलन नदिन मुख्य वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरिएको छ । आज विहानैबाट हेटौंडाको चौकिटोल लोकप्रिय होटल देखि मेनरोडको मकवानपुर उद्योग बाणिज्यसंघ, पिपलवोट, बुद्धचोक, रापतीरोड, सिमाचोक, कान्तिलोकपथ, स्कुलरोड लगायतका क्षत्रेमा जिवाणुमुक्त बनाउन भन्दै ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो ।

उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको नेतृत्वमा नगर प्रहरी, उपमहानगरपालिका वातावरण साखाका कर्मचारीहरु, सफाइ कर्मचारी लगायतकाको सहभागितामा वजारका चोक चोक, नाली, वरपरका रुखका विरुवामा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो । यो अभियान निरन्तर गरिने र आजबाट सुरु गरिएको उपमेयर लामाले वताइन ।

हेटौंडाका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले बजार क्षेत्रका ठाउँ ठाउँमा उक्त किटनाशक औषधि छर्किएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताए । कर्मचारीलाई सक्रिय गराएर कोरोना विरुद्धको अभियानमा लागिएको उनले वताए ।

मुखमा मास्क, हातमा पञ्जा लगाएर बजारमा ‘डिस–इन्फेक्टेन्ट’ औषधि छर्कने अभियानमा बातावरण साखाका कर्मचारी र नगरप्रहरी लागिपरेका छन् । कीटाणुनाशक औषधि डिसइन्फेक्टेन्ट बजारका घर, चौक, सटर र सम्भावित जोखिमका स्थानहरूमा छर्किएको मेयर महतले वताउनुभयो ।

धेरै कामदार ल्याएर भिडभाड गर्नुभन्दा पनि केही कर्मचारी मात्र यस अभियानमा खटाइएको थियो । नगरवासीलाइ घरभित्र बसेर गुन लगाइदिन आग्रह गर्दै मेयर महतले भन्नुभयो–‘विश्वव्यापी रुपमा फैलीएको कोरोनाको संक्रमणसंग लड्न हामि तयार छौ । यो अभियानमा हेटौंडावासीहरुले साथ दिनुपर्छ ।’ कोरोना भाइरस कोभिड१९ सक्रमण सम्भावित जोखिमयूक्त स्थानहरू पहिचान गरेर कीटाणुनाशक औषधि छर्किने उपमहानगरपालिकाको अभियान छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०