Thursday, 27th August, 2026
वि.स.

हेटौंडा लेडी जेसीज सप्ताहः स्लो स्कुटी रेसमा सुमित्रा प्रथम

हेटौंडा लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत २३ जेठमा हेटौंडामा गल्फ स्लो स्कुटी रेस प्रतियोगिता भएको छ । 

हेटौंडाको सिमा चोकबाट सुरु भएको स्लो स्कुटी रेस प्रतियोगिताको प्रथम हुनेमा सुमित्रा लामा दोस्रो हुनेमा सुजाता श्रेष्ठ र तेस्रो हुनेमा उषा रोका रहेको कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताइन । प्रतियोगितामा कुल १३ जना सहभागिता रहेको थियो ।

बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने भएकोले सो बिषयमा सबैलाइ सचेतना होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक पौडेलले बताइन । हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको सभाध्यक्षतामा भएको प्रतियोगितामा गल्फ लुब्रिकेन्टका हिरामणी त्रितालको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक विरेन्द्र कुमार ठाकुर, कार्य्रकम संयोजक जेसी जुनु अर्याल निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, सह मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंडा लेडि जेसीजका सदस्यहरू, चन्द्रपुर सिटी जेसीजका संस्थापक अध्यक्ष जेसी बाल कृष्ण श्रेष्ठ, पूर्व हेटौंडा लेडी जेसीज कि जेसी रश्मी बस्नेत, जेसी निशा रोका, हेटौंडा जेसीजका पूर्व अध्यक्ष अनिल अग्रवाल, प्रहरी लगायताकाको सहभागिता रहेको थियो । 

यसैविच २३ जेठमा नै दोश्रो कार्य्रकम अन्तर्गत दिउसो ४ बजे हेटौँडा १५ मा रहेको दिब्य आश्रम आश्रीत वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको उक्त कार्यक्रम संयोजक दुर्गा विष्ट ठकुरीले जानकारी दिइन । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif