Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल

CVR-MK-1504754751.jpg

स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा अनुसार देशमै मकवानपुरको हेटौंडा नगरपालिका उत्कृष्ट दोस्रोमा परेको छ । थाहा नगरपालिका र जिल्ला विकास समिति मकवानपुर अनुतीर्ण भएको छ ।

मुलुकमा हाल ७ सय ५३ स्थानीय तह रहेको भएपनि तत्कालिन समयमा साविक स्थानीय निकायको मात्र स्वतन्त्र मूल्याङ्कनकर्ताहरुबाट स्थानीय निकायहरुको मुल्याङ्कन गरिएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेकशकुमार थपलियाको अध्यक्षतामा गठित सुपरिव्यक्षण तथा व्यवस्थापन समितिको २१ भाद्रमा बसेको बैठकले नतिजा स्वीकृत गरेको हो । 

नतिजा अनुसार जिल्ला विकास समितिहरुतर्फ ८९ अंक प्राप्त गरी दैलेख प्रथम भएको छ । ८८ अंक प्राप्त गरी प्युठान दोस्रो र ८६ अंक प्राप्त गरी बाँके जिल्ला तेस्रो भएको छ । त्यस्तै नगरपालिकाहरुतर्फ ९० अंक प्राप्त गरी घोराही नगरपालिका र बुटवल नगरपालिका प्रथम भएको छ भने ८७ अंक प्राप्त गरी हेटौंडा र धनकुटा नगरपालिका दोस्रो तथा कमलामाई नगरपालिका तेसो स्थानमा परेको हो ।

साविकका देशभरका  कुल ३ हजार १ सय ५७ गाविस मध्ये ७१ जिल्लाका ३ हजार ५ वटा गाविसको एमसीपीइएम भएकोमा २ हजार ३ सय २७ वटा गाविसले न्यूनतम शर्त पूरा गरेका छन् । २ हजार ५ सय ११ गाविस कार्य सम्पादन मूल्याङकनमा सफल भएका छन् । महोत्तरी र ओखलढुङ्गाका सबै १ सय १६ तथा अन्य जिल्लाका ३६ गरी १ सय ५२ गाविससले न्युनतमशर्त तथा कार्य सम्पादन मूल्याङ्कन गराएका छैनन् । 

मूल्याङ्कनको परीणाम अनुसार ६६ वटा जिल्ला विकास समिति, ४६ नगरपालिका, २ हजार ३ सय २७ गाविसले न्युनतम शर्तका सूचक पूरा गर्न सफल भएकाछन् । भने ९ जिविस १२ नगरपालिका, ८ सय ३० गाविसले न्युनतम शर्तका सूचक पनि पूरा गर्न सकेका छैनन् । मकवानपुर जिल्ला विकास समिति र थाहा नगरपालिका पनि न्यूनतम शर्त पूरा नगर्ने स्थानीय तहमा पर्दछन् ।

यस्तो छ, नतिजा:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०