Tuesday, 1st September, 2026
वि.स.

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगमाथि कारबाही गरिने

hetauda-1604828904.jpg

बागमती प्रदेशको स्थायी राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको विभिन्न ७५ वटाभन्दा बढी उद्योगमाथि कारबाही हुने भएको छ ।

गुणस्तर तथा नापतौल विभागअन्तरगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेकोले ती उद्योगमाथि कारबाही हुने भएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

कार्यालयका अनुसार, सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको छ । तीमध्ये २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्रीवितरणका लागि नापतौल अनुमतिपत्र लिएको छ ।

बाँकी उद्योगले भने नापतौल अनुमतिपत्र बिनानै उद्योग संचालन गरिरहेको कार्यालय प्रमुख शशिभुषण यादवले जानकारी दिए । उनका अनुसार नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र नलिएका उद्योगहरुलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिनेछ ।

हेटौंडा औद्यौगिक क्षेत्रमा चाउचाउ, बिस्कुट खाद्यान्न, मैदा, दुग्धपदार्थ, खानेपानी मिनरल वाटर, साबुन, सर्फ, पेन्टस तथा निर्माण सामग्रीलगायत अन्य उद्योगहरु सञ्चालमा रहेको बताइएको छ ।

बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन कार्य क्षेत्र रहेको सो क्षेत्रीय कार्यालयले चालू आर्थिक वर्षको कात्तिक १५ सम्ममा दुई दर्जन पेट्रोल पम्प तथा उद्योगको अनुगमन र निरीक्षण गरी नापतौल यन्त्रको जाँच तथा नवीकरण गरेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif