nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

५ करोड लागतमा हेटौंडामा सभाहल निर्माण सुरु

htd1-1606297865.jpg

हेटौंडा उपमहानगरपालिका कार्यालयको पछाडीको खाली जग्गामा सुविधा सम्पन्न सभाहल निर्माण गर्न सुरु गरिएको छ । कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माण गर्न आजबाट सुरु गरिएको हो । सभाहल निर्माण भइसकेपछी बागमती प्रदेश सरकार र उपमहानगरपालिकाले प्रयोग गर्नेगरी सभाहल निर्माण गर्न सुरु गरिएको मेयर हरिबहादुर महतले बताए । प्रदेशका सातवटै मन्त्रालय र उपमहानगरपालिका आफैको सभाहल नहुँदा विभीन्न कार्यक्रम गर्नका लागि समस्या हुने गरेको थियो । अब भने यो सभाहल निर्माण भएपछी यस्ता खालका समस्या हट्ने र हलको स्वामित्व उपमहानगरपालिकाको हुने मेयर महतले बताए ।

सभाहलमा साना र ठुला कार्यक्रम गर्नका लागि सहज हुने छ । यसअघि उपमहानगरपालिकाको नगरसभा, प्रदेशका मन्त्रालयको कार्यक्रम गर्दा पाटी प्यालेस, विद्यालयका हल, पल्पसा सभागृहमा गरिदै आएपनि अब भने त्यो समस्या हट्ने उनले बताए । सभाहलमा चार सय जना अट्ने क्षमता रहेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले निर्माण गर्न लागेको सभाहलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार बिहान शिलान्यास गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यो हल हेटौंडाको गहना भएको बताए । हल निर्माणको काम छिटो सक्नका लागि निर्देशन दिदै उनले भने–‘हल बैज्ञानिक र आधुनिक तरिकाले निर्माण गर्न लागिएको छ । यसपछी कार्यक्रम गर्न सहज हुने छ ।’

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले प्रदेश सरकारले पुल, सडक, भवन निर्माणका काममा तिव्रता दिएको बताए । प्रदेशको राजधानी हेटौंडा र काठमाण्डौ जोड्ने सुरुङमार्ग निर्माण र अरु जिल्लासंग जोड्ने सडक निर्माणको कामले तिब्रता पाउने बताए ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)