Monday, 15th June, 2026
वि.स.

हेटौंडामा रोकिएको कोरोना परिक्षण सुरु

lab-1589007676.jpg

संघीय सरकारले बागमती प्रदेश सरकारलाई कोरोना भाइरस ९कोभिड १९० को परिक्षणका लागि पीसीआर किट उपलब्ध गराएको छ । किट अभावले कोरोना परिक्षण समेत रोकिएको थियो ।  शनिबार बाट भने कोरोना जाँच सुरु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिए ।
हिजाे मात्र हेटौंडाको ल्यावका लागि ४ सय किट प्राप्त भएको उनले जानकारी दिए । परीक्षण किट अभावमा हिजो हेटौंडामा कोरोना जाँच रोकिएको थियो। संघीय सरकारले वागमती सरकारलाई उपलब्ध गराएको पीसीआर र आरडीटी दुवै किट सकिएको थियो । यसअघि संघीय सरकारले पाँच सय पीसीआर किट दिएकोमा सवै किट सकिएर परिक्षण समेत रोकिएको थियो ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पीसीआर मेसिनमा परीक्षण गरिएका मध्ये हालसम्म चार जनामा कोरोना पुष्टि भएको छ । हेटौंडामा चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ । ‘यो किट बजारमा उपलब्ध छैन । वाग्मती प्रदेशमा चितवन, धुलिखेल, टेकु र वीर अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०