nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा मगर समुदायले मनाए माघे संक्रान्ती 

मगर समुदायले हेटौंडामा एक कार्यक्रमको आयोजना गरी १ माघमा दिन माघे संक्रान्ती मनाएको छ । नेपाल मगर संघ हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनमा हेटौंडामा माघी सकराती विषेश शुभकामना आदनप्रदान कार्यक्रम भएका हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले राजनीतिक र प्रशासनिक क्षेत्रकमा आदिवासी जनजाति समुदायको पर्याप्त प्रतिनिधित्व नभएसम्म अधिकार प्राप्ती सहज नहुने बताए । ‘हामीले आफ्नो क्षमता विकासको लागि मिहेनत नगर्ने हो भने आरक्षणले मात्र काम चल्दैन’, उहाँले भन्नुभयो, ‘अन्य जाति समुदायबाट पनि राम्रो कुराहरु सिक्नुपर्छ ।’

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगरले माघे सकरातीको महत्वबारे बोल्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार विश्व आले मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थ थापा मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष तथा पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रम मगर संघ हेटौंडा उपमहानगर कमिटिका अध्यक्ष भरत ठाडा मगरको सभाध्यक्षतामा भएको हो ।