Sunday, 14th June, 2026
वि.स.

हेटौंडामा भारी वर्षः कर्रा खोलाले ट्रक बगायो

Bagayo-1563935994.jpg

 मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भारी वर्षासँगै कर्रा खोलामा आएको बाढीले ट्रक नै बगाएको छ ।

शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई बुधबार बिहान ६ बजेतिर कर्रा खोलाले बगाएको प्रहरीले जनाएको छ । खोला बगाएको ट्रकलाई उद्धार गर्ने प्रयास भएपनि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको बताउँदै उनले पानी रहने बित्तिकै उद्धार कार्यअघि बढाइने जानकारी दिए । 

ट्रकमा रहेका चालक बाहिर निस्किन सफल भएका छन् । अन्य मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।