Monday, 15th June, 2026
वि.स.

हेटौंडामा बिष्फोटक पदार्थ बरामद

नेपालीहरुको महान चाड तिहार तथा छठ पर्व नजिकिदै गर्दा हेटौंडामा मकवानपुर प्रहरीले पटका बरामद गरेको छ । 

मकवानपुर प्रहरीले हटौडा उपमहानगरपालिका वडा नंबर १४ चुरियामाईमा बस, ट्रक, सुमो, मोटरसाईकल गरी ६१ वटा सवारीसाधन चेकजाचँ गर्दा विभिन्न थरीका बिष्फोटक पदार्थ  अर्थात पटका बरामद गरेको हो । प्रहरीले आलु बम–१७ प्याकेट, बुलेट बम–१० प्याकेट, नागिन पटका–११ प्याकेट, रकेट बम–२५ पिस, झिरझिरे–१५० पिस, थ्री–स्टार क्रेकर–१२ प्याकेट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको कमाण्डमा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको संयुक्त कुकुरसहितको विशेष चेकिङ टोलीले उक्त परिणामको पटका बरामद गरेको हो ।

बरामद भएको उक्त बिष्फोटक पदार्थ ९पटका० जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई स्थानीय पत्रकार, भद्रभलादमीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र ‍खाल्डो खनी पानीले भिजाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०