Tuesday, 16th June, 2026
वि.स.

हेटौंडामा पनि भाटभटेनी सुपरमार्केट खुल्ने

supermarket-1594205939.jpg

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । हेटौंडा–२, चौकीटोलमा बुधबारधार्मिक विधिअनुसार भाटभटेनी सुपरमार्केट सञ्चालनका लागि निर्माण गर्न लागेको भवनको सिलान्यास गरिएको छ । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले  बुधबार बिहान भवनको सिलान्यास गरेका छन् । सिलान्यास कार्यक्रममा मीनबहादुर गुरुङकी श्रीमति सावित्री घले गुरुङको पनि उपस्थिति रहेको थियो ।

काठमाडौं उपत्यकाभित्र ११ वटा सुपरमार्केट सञ्चालनमा ल्याएको भाटभटेनीले देशका ठूला ७ सहरमा सुपरमार्केट सञ्चालन गरिरहेको छ । इटहरीमा पनि भाटभटेनीको सुपरमार्केट निर्माणाधिन अवस्थामा छ । निर्माण सुरुवातका हिसावले इटहरीको सुपरमार्केट १९ औं हो भने हेटौंडामा भाटभटेनीको २० औं सुपरमार्केट हुनेछ । २०७८ साल बैशाख महिनामा सुपरमार्केट सञ्चालन गर्ने गरी निर्माण सुरु गरिएको भाटभनेटी सुपरमार्केटका चिफ इन्जिनियर सूवर्ण डंगोलले जानकारी दिए छ ।

भाटभटेनीले २ तल्लाको अण्डरग्राउण्ड पार्किङसहित ८ तल्लो भवन निर्माण गर्नेछ । चौथो र पाँचौ तल्लामा दुईवटा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आउनेछ । आठ कठ्ठा १२ धुर जमिनमा खरिद गरेर भवन निर्माण थालेको भाटभटेनी सुपरमार्केटका सूवर्ण डंगोलले जानकारी दिनुभयो । ११ हजार ५ सय वर्गफिटको एउटा तल्ला निर्माण हुनेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०