Tuesday, 16th June, 2026
वि.स.

हेटौंडामा निषेधाज्ञा थप्ने तयारी

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरमा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । ३० साउनमा बसेको कमाण्ड पोष्टको बैठकमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गर्ने निषकर्ष निकालेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष उपस्थितीमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकमा गत साउन २६ गते रातिबाट जारी गरिएको निषेधाज्ञाका बारेमा समिक्षा गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन २६ गते राती १२ः०० बजेबाट लागु गरेको निषेधाज्ञाको अवधि भने आगामी ३२ गते सम्मको रहेको छ ।

बैठकमा हालसम्मको निषेधाज्ञाको समिक्षा गर्नुका साथै निषेधाज्ञा थप गर्ने सन्दर्भमा छलफल भएको जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिए  ।  बैठकमा मुख्य रुपमा निषेधाज्ञा थप गरेर टेष्टिङ् र परिक्षण छिटो हुनु पर्ने, उद्योग संचालन, आईसोलेसनको थप तयारी, जटिल बिरामीको उपचारको व्यवस्था बारेमा छलफल भएको उनले जानकारी दिए । तर, निषेधाज्ञा थप गर्ने विषयमा आईतबार बस्ने कमाण्ड पोष्टको बैठकले निर्णय गरेर जिल्ला सुरक्षा समितिमा सिफारीस गर्ने निर्णय भएको उनले बताए ।

जिल्लाको अहिलेको अवस्था हेर्दा निषेधाज्ञा थप्ने सम्भमवना भने प्रबल रहेको उनले जानकारी दिए । यस बिषयमा आगामी बैठकमा कमाण्ड पोष्टका सदस्यहरुले आ–आफ्नो धारणा राख्ने र एउटा निर्णयमा पुग्ने उनले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०