Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा दैनिक तीनसयको कोरोना परीक्षण क्षमताको ल्याब

Hetauda-1585797410.jpg

हेटौडा हेटौडामा रहेको अत्याधुनिक ल्याबबाट २० चैतबाट कोरोनाको परीक्षण हुने भएको छ । किटजन्य रोग परीक्षण स्थलमा यस अगाडिनै निमार्ण सम्पन्न भइसकेको ल्यावलाइ परिमार्जन गरि कोरोनाको परीक्षण स्थलका रुपमा विकास गरिएको बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

मन्त्री दुलालका अनुसार कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण तयारी गरिएको हो ।प्रयोगशालामा ६ सय परीक्षण किट आइ सकेको र ३ घन्टामा नै परीक्षणको रिर्पोट आउने गरि तयारी गरिएको छ । यसका लागि बाग्मती प्रदेश जनस्वाथ्य प्रयोगशालाका वरिष्ट ल्याव असिष्टेन्ट नारायणवहादुर कार्कीको नेतृत्वमा ५ जनाको दक्ष टोलीले परीक्षण गर्ने भएका छन् ।

ल्यावको रिपोर्ट पुर्ण सहि आउने गरि तयार गरिएको र आवश्यक पेरको खन्डमा दैनिक ३ सय स्याम्पल परीक्षण गर्न मिल्ने गरि तयार गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)