Saturday, 20th June, 2026
वि.स.

हेटौंडामा दुग्ध पाउडर प्लान्टको शिलान्यास

hetauda-1609393283.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलल हेटौंडामा दुग्ध पाउडर प्लान्ट भवन निर्माणको शिलान्यास गरेका छन् । प्रदेश दुग्ध विकास बोर्डद्वारा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सिसौंघारीमा निर्माण गर्न लागिएको उक्त पाउडर प्लान्ट भवनको मुख्यमन्त्री पौडेलले बिहिबार शिलान्यास गरेका हुन् ।

सो आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले कृषकहरुले उत्पादन गरेको दुधलाई आर्थिक आत्मनिर्भर बनाउन प्रदेश सरकारले पाउडर दुध प्लान्टको स्थापना गरिएको र भविष्यमा अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रर्धाको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखिएको बताए ।

उनले कृषकहरुले उत्पादन गरेका मौसमी हरियो तरकारी र पशुपालनबाट उत्पादन गरिएको दुधलाई बजारको अभावमा खेर जान नदिइ सर्वसाधारणलाई खपत गर्नेतर्फ शित भण्डारको व्यवस्था गर्ने र दुधजन्य पदार्थको क्याट्गोरी उत्पादन गरी विभिन्न सहरमा आपूर्तिको लागि सरकारले व्यवस्थापन गर्न लागेको स्पष्ट पारे ।

बागमती प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट निर्माण गरिने उक्त भवन करिब डेढ वर्षभित्रै निर्माण सम्पन्न गरी पाउडर दुध प्लान्ट संचालन गर्ने लक्ष्य रहेको प्रदेश कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा। शरणकुमार पाण्डेले बताए ।

प्र्रदेश नं। २ का बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दुध खरिद गरी दैनिक ५ मेट्रिकटन धुलो दुधको उत्पादन गरी प्याकिङ् गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डका सूचना अधिकारी डा. शत्रुघन शाहले उल्लेख गरे ।

सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा पशुपालन र कृषकहरुलाई मौसमी तरकारी खेती लगाउन विशेष प्याकेजको कार्यक्रम ल्याइएको अब कृषकहरुले उत्पादन गरिएका तरकारी र दुधजन्य पदार्थलाई खेर नफ्याली उनीहरुलाई आर्थिक आत्मनिर्भर तुल्याउने विभिन्न शहरमा व्यवस्थापन गर्न लागिएको बताए ।

सो कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्ल सापकोटा र दुग्ध उत्पादन सहकारी संघ नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले करिब ५ लाख ७ हजार कृषक परिवारले दुध उत्पादन गरेका दैनिक १५ लाख लिटर दुध विभिन्न सहरमा खपत गर्ने गरिएकोले कहिलेकाही बजारको अभावमा कृषकहरुले दुधजन्य पदार्थलाई फ्याक्नु परेकोमा चिन्ता व्यक्त गर्नुहुँदै अब प्रदेश सरकारले पाउडर दुध र क्याट्गोरी स्थापना गर्ने क्रमले गर्दा कृषकहरु आर्थिक अभावबाट चिन्तित हुन नपर्ने बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०