Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा ट्रकले ठक्कर दिदाँ दुईको मृत्यु

piv-1542530831.jpg

हेटौंडा उपमहानगरपालिका वडा नं ९ पशुपतिनगरमा आईतबार दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । ट्रक पल्टिँदा मोटरसाइकल र अटोलाई थिचेको थियो । ना १ ह ८९५९ नंबरको अटो र ना ४० प ६२१ नंबरको मोटरसाइकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्षिय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा ४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको जनाएको छ। वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नंबरको ट्रक पल्टिँदा मोटरसाइकल र अटोलाई थिचेको थियो ।प्रहरीका अनुसार अटो चालक फरार छन् भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ ।