Wednesday, 17th June, 2026
वि.स.

हेटौंडामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाईते

durghatana-1601278906.jpg

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्याक्टर र ट्रक ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्याक्टर चालक बारा जिल्ला परवानीपुर गाउँपालिका–१ का २१ वर्षीय लालबाबु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्रकको ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको प्रहरी नायव उपरीक्षक रानाले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक यादवको उपचारका लागि हेटौंडा अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका सहचालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ का १७ वर्षीय दिपेन्द्र कुमार मण्डल, ट्रक चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–५ का गंगाराम महतो र सहचालक सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–८ का अभि साह घाइते भएका छन् ।  घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०