Saturday, 20th June, 2026
वि.स.

हेटौंडामा ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते

accident-new-1614161639.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रास्थित बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

दिउँसो हेटौंडा–४ स्थित को १ क १५४३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएके छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३६ वर्षीय तिल गौतम रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका गौतमलाई हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौंतर्फ पठाइएको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०