nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाईते

accident-1610953424.jpg

हेटौंडामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाईते भएका छन् ।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ को हनुमानगेटस्थित हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख २०३४ नंबरको बसको पछाडि पछाडि ना६ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका ५ भिष्वाका २० वर्षीय मोहम्मद कैस मिया रहेका छन् । रोकि राखेको बसको डिकीबाट सामान झिकिरहेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदाँ मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाईते हुनेहरुमा पर्साको छिपहरमाई गाउँपालिका ५ का ३७ वर्षीय अव्जल मिया र २५ वर्षीय इसाद आलम रहेका छन् । उनिहरुको उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक र बस नियन्त्रणमा रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)