Saturday, 20th June, 2026
वि.स.

हेटौंडामा कर छुट सम्बन्धी अन्तर्क्रिया

TAX-1612148060.jpg

आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा १८ माघमा अन्तर्क्रिया कार्यक्रम भएको छ । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ ।

जसको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् । विभिन्न सुविधाहरुको बारेमा प्रस्तुति गर्दै अधिकृत कार्कीले सोको लाभ उद्योगी-व्यवसायीहरुले समयमै उठाउनु पर्ने अर्थात फागुन मसान्त भित्रै सुविधा लिनुपर्ने बताएका छन् ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिग्राम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कार्यसमिति सदस्य रवि कडेल शर्मा, रुपकराज दहाललगायतले मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०