nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाबाट पाँच केजी अफिम सहित मोटरसाइकल वरामद

baramad-1594551167.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल समेत वरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए।

नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको उहाँले वताए । अफिम ओसार्ने दुइजना भने फरार रहेका छन् ।

प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले बताएका छन ।उक्त अफिमको बजार मुल्य ५ लाख भएको र भागेकाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताएका छन ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)