Monday, 15th June, 2026
वि.स.

हेटौंडाको ल्याबमा ४१८ जनाको कोरोना परिक्षण

corona-lab-1588397837.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म ४ सय १८ जनाको स्वाब परिक्षण सकिएको छ । कोरोना जाँच गरिएका मध्य तीन जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । तीनै जनाको रिपोर्ट यसअघिनै सार्वजनिक गरिएको छ ।

हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकीत्सा सेवा महासाखाका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिए । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतह लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०