Sunday, 30th August, 2026
वि.स.

हेटौंडाको राप्तीमा अवैधानिक १७ बालुवा प्लान्ट बन्द, अब कस्को पालो ?

हेटौंडामा अवैध रुपमा वालुवा प्लान्ट सञ्चालन गर्दै आएकाहरुलाई २१ माघबाट बन्द गरिएको छ । जिल्ला अनुगमन समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा २१ माघमा हेटौंडा १ को रापतीखोला र लालझाडी क्षेत्रका १७ वटा वालुवा प्लान्टका सामान जफत गर्दै ती प्लान्टहरु वन्द गरिएको हो । अवैधानिक रुपले घरेलु कार्यालयमा समेत दर्ता नगरिकन सञ्चालन गरिएका बालुवा प्लान्टहरु वन्द गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका जिल्ला अनुगमन समितिका संयोजक प्रमुख रघुनाथ खुलालले बताए ।

अनुगमन टोलीले लालझाडीका दुईवटा वालुवा उद्योगको कागजात नभएको भन्दै बन्द गरेको छ । सबै कागजात नल्याए सम्म उद्योग चल्न नदिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । विकास निर्माण गर्न पाइने तर, अवैधानिक तरिकाले खोला उत्खनन् गरेर वालुवा प्लान चलाउन नपाइने उनले बताए । अवैध रुपमा चलेका वालुवा प्लान्टले हेटौंडाको रापती खोला धमिलो बनाउने, अवैध रुपमा खोला उत्खनन् गर्नेकाम वषौ अगाडी देखि गर्दै आएका छन् । तर,  डिभीजन वन कार्यालय मकवानपुरका वन रक्षक, ससस्त्र प्रहरी, नेपाल प्रहरीले अवैध वालुवा प्लान वन्द गरेर सामान समेत नियन्त्रणमा लिएका छन् ।

हेटौंडाको रापतीखोला नजिक चौकिटोल वरपर क्षेत्र र लालझाडी क्षेत्रका १७ वटा वालुवा ल्लान्ट वन्द गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, डिभीजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल, ससस्त्र प्रहरी, जनपथ प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय लगायतकाको टोलीको सहभागिता रहेको थियो ।

जिल्लामा अवैध रुपमा सञ्चालन रहेका वालुवा प्लान जहाँ अवैध रुपमा भेटिन्छ त्यहीनै कार्बाही गरेर अगाडी वढिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०