Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको बेलडाँडामा बस दुर्घटना तीनको मृत्यू, दर्जनौ घाइते

Hetauda-1475386931.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बेलडाँडामा १६ असोज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाँडीखोलाको मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नंबरको बस हेटौँडा १३ बेलडाँडामा दुर्घटनामा परेको हो । 
दुर्घटनामा घाईते भएका ५० भन्दा धेरै व्यक्तिलाई चुरे हिल अस्पताल हेटौँडामा पु¥यायएको छ । मृत्यु हुनेमा २५ वर्षका सुर्यबहादुर तामाङ र चार वर्षका प्रमिस लामिछानेको सनाखत भएको छ । 
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।