Tuesday, 16th June, 2026
वि.स.

हेटौंडाको प्रयोगशालामा कोरोना जाँच गर्नेको चाप

hetauda-lab-1590045331.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको छ । समयमै कोरोना जाँच नहुँदा रिपोर्ट दिएको चार दिन सम्म पर्खुनुपर्ने बाध्यता पनि वढेको छ । कोरोना भाइरसको छिटो जाँच गराउन पनि पहुँच र पाओर चल्न थालेको छ ।

मन्त्री र सक्तिशाली सांसदका जिल्लाबाट आएको स्वाबको छिटो परिक्षण हुने र हेटौंडाको आइसोलेसनमा रहेकाहरुको ढिलो परिक्षण हुने गर्दा कोरोना जाच्न र रिपोट लिनका लागि चार दिन सम्म पर्खनुपर्ने बाध्यता भएको विरामीहरु बताउछन ।

लकडाउनकै समयमा घरमा वसेर काठमाण्डौ गएका थाहा नगरपालिकाका युवकका परिवारको समेत प्रयोगशालामा परिक्षण गर्न ढिलाइ गरिएको छ । सिन्धुपाल्चोक जिल्लाका कोरोना संका लागेकाहरुको परिक्षण गर्न काठमाण्डौ नजिक हुन्छ तर, हेटौंडाको ल्याबमा ल्याएर परिक्षण गर्दा ढिलाइ भएको प्रयोगशालाका प्राविधिकहरु स्वीकारेका छन्  ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता भएपनि अव निरन्तर हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले जानकारी दिए । कोरोना जाँच गराउनेहरु पछील्लो समयमा धेरै वढेकोले पनि समस्या हुँदै आएको र अव भने त्यस्तो समस्या नहुने उनले वताए। हेटौंडाको प्रयोगशालामा हाल सम्म ९ सय ६५ जनाको स्वाब परिक्षण सकिएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

hetauda-lab-1590045332.jpg