Tuesday, 16th June, 2026
वि.स.

हेटौंडाको कोरोना ल्याबमा ५११ परिक्षण

lab-1589436642.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म ५ सय ११ जनाको स्वाब परिक्षण सकिएको छ ।

हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा डाक्टर पुरुशोत्तम सेडाइले वताए ।

बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०