Tuesday, 16th June, 2026
वि.स.

हेटौँडा अस्पतालका १२ स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट आयो

corona-Update-1590240710.jpg

मकवानपुरको हेटौँडा अस्पतालमा कार्यरत केहि डाक्टर सहित १२ जना स्वास्थ्यकर्मीको पिसिआर रिर्पोटको नतिजा १० जेठ साँझ आएको छ ।
श्रोतका अनुसार १२ जना स्वास्थ्यर्मीको रिर्पोट नेगेटिभ आएको छ ।

गत हप्तामात्र रिफर गरिएकी हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ की एकजना महिलामा कोराना भाईरस संक्रमण देखिएपछि अस्पतामा कार्यरत डाक्टर तथा सबै स्वास्थ्यकर्मी र कर्मचारीमा त्रास बढेको समयमा लिईएको स्वाब मध्ये १२ जना प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिर्पोट आएको हो ।

अस्पतालमा रहेको १५० जना स्वास्थ्यकर्मी, कर्मचारीको स्वाब संकलन कार्य जारी रहेकोमा कलेक्सन भएको ६६ स्वाब प्रयोगशालामा परिक्षणको लागि पुगिसकेको छ । बाँकी स्वास्थ्यकर्मीको रिर्पोट ११ जेठमा आईसक्ने जनाईएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०