Tuesday, 16th June, 2026
वि.स.

हेटौँडामा विपन्न परिवारलाई खाद्यन्न वितरण

23-1594141009.jpg

लियो क्लव अफ हेटौँडा भुटनदेविले विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ । मकवानपुरको मकवानपुर गढि गाउँपालिका वडा नम्बर ५ र ६ का करिब १४ परिवारलाई एक बोरा चामल, दाल, नुन सहयोग गरेको हो । लियो क्लव अफ हेटौँढा भुटनदेविको अध्यक्ष मनोज चौलागाईको सभाध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका कोषाध्यक्ष राजन श्रेष्ठको प्रम्ख आथित्यतामा कार्यक्रम भएको हो ।  

प्रमुख अथिति श्रेष्ठले लियोले गरेका कार्यको प्रशंसा गर्दै शहरकेन्द्रित लियो भईरहँदा गाउँकेन्द्रित लियोको सेवा हुनु खुसीको कुरा भएको बताए । जहाँ समस्या त्यहाँ लियो लायन्स पुन्न आग्रह गर्दै जिल्ला परिषद्ले सदैव साथ दिने बचन समेत दिए ।  लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन ६ का रिजन चियर प्रशन रुपक कालिराजले लियो अब गाउँ केन्द्रित हुनु पर्ने बताए । उनले विगतमा शहर केन्द्रित कार्यक्रमहरु भईरहँदा अबका दिनमा लियो गाउँगाउँ छिर्नु पर्ने बताए ।
गढि गाउँपालिकाका कृषक तथा लियो क्लबका एमसि चियर प्रशन विजय बजगाइको बिशेष सहयोग तथा लियो क्लवको समन्वयमा खाद्यान्न वितरण गरिएको लियो क्लव अफ हेटौँडा भुटनदेविको अध्यक्ष मनोज चौलागाईले जानकारी दिए ।

कार्यक्रममा समृद्ध टोल विकास समितिका अध्यक्ष बद्धि प्रसाद दाहाल,समाजसेवि पार्वती बजगाई, लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका यरिया २ को यरिया चिफ शुसान्त खतिवडा, समाजसेवि केदार बजगाई, लगायतको सहभागिता रहेको थियोे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०