Saturday, 5th September, 2026
वि.स.

हेटौँडामा बर्ड फ्लु : एक रातमा ३ हजार ४ कुखुरा र ५ हजार ७ सय अण्डा नष्ट गरियो

kukhura-nasta-1536x1152-1651209770.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएपछि गएराति कुखुरा,कुखुराको अण्डा र दाना पनि नष्ट गरिएको छ ।

नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितीमा कुखुरा नष्ट गरिएको हो ।

खड्काको फार्ममा रहेको कुखुरा ३ हजार ४ सय ५३ वटा, अण्डा ५ हजार ७ सय ८० वटा र ४ सय ५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका सहायत स्तर पाँचौ प्रदीप सापकोटाले बताए ।

९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि बिहिवार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा गएको थियो ।

आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए । आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नष्ट गरिएको उनले बताए ।

र्‍यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो गरि आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले किसानले राहत पाउने सुनिश्चितता गर्न आग्रह गरे ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif