Thursday, 27th August, 2026
वि.स.

हेटौँडामा खाना महोत्सवः चौरमा जाऔं, चौरमा खाउ, चौरमै रमाउँ

हेटौंडामा अंग्रेजी नयाँ वर्ष सन २०१९ को अवसरमा हेटौँडामा खाना महोत्सवको आयोजना हुने भएको छ । होटल यसोसियसन मकवानपुरको आयोजनामा महोत्सव हुन लागेको हो । ४ पौषमा हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सव पुस १३ बाट १५ गतेसम्म हुने जानकारी दिइएको छ । 

सडकमै जाऔं, सडकमै खाउ, सडकमै रमाउँ भन्ने नाराका साथ हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा हुने खाना महोत्सव एंव साँस्कृतिक कार्यक्रम यस वर्ष नारा परिवर्तन गरि चौरमा जाऔं, चौरमा खाउ, चौरमै रमाउँ भन्ने नाराका साथ हेटौंडाको भुटनदेवी विद्यालयको चौरमा हुने समेत आयोजकको भनाई रहेको छ ।

९औं खाना महोत्सवमा खाना मात्र नभई कलाकारहरुबाट पनि मनोरञ्जन प्रदान गरिने आयोजक एसोसिएसनका अध्यक्ष भगिरथ शर्माले बताए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif