Tuesday, 16th June, 2026
वि.स.

हेटौँडाको दुईवटा ट्रकमा आगलागी

aglagi-1597383448.jpg

 हेटौंडा औधोगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योग अगाडि राखेको दुईवटा ट्रकमा आगजनी भएको छ । ट्रकको सिटमै सानो ग्यासको सिलिण्डर राखेर खाना वनाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले वताए।

आगजनीबाट दुवै ट्रकमा क्षेती पुगेको छ । मकै लोड गरिराखेको ना ५ ख ६५०३ र ना ६ ख ७८२६ नम्बरको ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औधोगिक कार्यालयका कर्मचारी र भ्याली पेलेटका कर्मचारीको प्रयासमा आगो निभाइएको थियोे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०