Wednesday, 17th June, 2026
वि.स.

हेटौँडाका नेकपा नेताको कोरोना संक्रमणको कारण मृत्यु

death-1598954888.jpg

कोभिड–१९ संक्रमणबाट हेटौंडामा एक नेकपा नेताको ज्यान गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ का सदस्य तथा तत्कालिन नेकपा एमाले चुरीयामाई गाउँकमिटिका सचिवालय सदस्य रामबहादुर थिङको कोरोना संक्रमणको कारण मृत्यु भएको हो  ।

शारिरिक कमजोरी देखिएपछि चितवनको भरतपुरमा उपचारको लागि गएका ५८ वर्षका थिङको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नेकपाको संगठन विस्तार, पार्टीलाई मजबुत बनाउने क्रियाकलापमा थिङको भूमिका सधै महत्वपूर्ण रहेको नेकपाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०