Tuesday, 16th June, 2026
वि.स.

हिमालयन एल्मुनाई एशोसिएशनको अध्यक्षमा विष्ट निर्वाचित

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुको संगठन हिमालयन एल्मुनाई एशोसिएशनको अध्यक्षमा अनित विष्ट निर्विरोध निर्वाचितभएका छन् । 

विद्यालयमा भएको साधारणसभाले विष्ट निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । एशोसिएशनको कार्यकारीणी उपाध्यक्षमा संजय गोपाली, उपाध्यक्ष बिक्रम मल्ल, उपाध्यक्ष।, सुजता केसी, महासचिव बिकेश गोपाली, सचिव मन्दिरा बस्नेत, कोषाध्यक्ष आकाश कार्की, सह कोषाध्यक्ष निशा बिष्ट, सदस्यहरुमा सुजाता अधिकारी, रिशव ढकाल, संजिव कार्की, सुक्मिता अधिकारी र रिजन कार्की निर्वाचित भएका छन् । 

त्यसैगरी सल्लाहकार समितिमा बसन्त कार्की, सन्तोष हमाल ठकुरी, राजन बिष्ट, राम थापा, संगम कार्की र निरत राउत 
बिजय थापा सुचना तथा संचार समितीमा बिक्रम मल्ल, सुजाता अधिकारी, बिकेश गोपाली, संजय गोपाली र संजिब कार्की निर्वाचित भए । 

कार्यक्रम संचालन समितीमा विक्रम मल्ल, बिकेश गोपाली, निशा बिष्ट, बाबुलाल कार्की र सन्तोषी बिष्ट चयन भएका छन् । 

संगठनले विद्यालयको पुर्व विद्यार्थी र शिक्षक शिक्षिकामा एकरुपता ल्याउनुका साथै विद्यालय र विद्यार्थीको विकासको लागी विविध कार्यक्रम संचालन गर्ने अध्यक्ष विष्टले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०