Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

हावाहुरी प्रभावि क्षेत्रमा स्पोर्टस् एकेडेमी मकवानपुर सहयोग

kiran-man-copy-1554285065.jpg

बारा र पर्सा जिल्लामा आइतबार राति चलेको हावाहुरीले प्रभावितलाई मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले राहत वितरण गरेको छ । बाराको हावाहुरी प्रभावित क्षेत्र पुगेर प्रभावित एक सय घरधुरीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले एक लाख २ हजार बराबरको राहत वितरण गरेको हो 

प्रभावित एक सय घरधुरीलाई त्रिपाल, झुल, गुन्द्री, बच्चाको पोष्टिक खाना लगायतका खाद्यन्न एवम् लत्ताकपडा वितरण गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष निरज सिं ठकुरीले जानकारी दिए । राहत वितरण कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य आरती पाठक, थाहा नगरपालिका वडा नं ११ का अध्यक्ष किरणमान बल, स्पोर्टस् एकेडेमी मकवानपुरका पदाधिकारी लगायतको उपस्थिती रहेको उनले बताए । राहत वितरणमा संविधान सभा सदस्य तथा नेकपा बाराका नेता पुरुषोत्तम पौडेल, नेता इश्वरप्रसाद ढकाल  लगायतले सहजीकरण गरेको जनाइएको छ । 

 

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg