Tuesday, 16th June, 2026
वि.स.

हालसम्म मकवानपुरका ९३ जना कोरोना मुक्त

corona-virous-1598425646.jpg

 कोरोना संक्रमण पुष्टि भएका मकवानपुरका ३ सय ३० जनामा हालसम्म ९३ जना संक्रमण मुक्त भएका छन् ।

जनस्वास्थ्य कार्यलय हेटौंडा,मकवानपुरका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म् जिल्लाका संक्रमण भएका संक्रमितमा ९३ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

यसैगरि सूचना अधिकारी केसीका अनुसार कोरोना संक्रमण पुष्टि भएर आइसोलेसन बस्नेको संख्या १ सय ३ रहेको छ,जसमा ९४ जना हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ स्थित गौरिटार आइसोलेसनमा रहेका छन् भने एक जना कर्रा र ८ जना मनहरीको आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसैगरि संक्रमण पुष्टि भएर स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइसोलेसनमा उपचाररत रहनेको संख्या १ सय २५ रहेको छ । जसमा हेटौंडा उपमहानरपालिकाका १ सय १९ जना रहेका छन् भने मकवानपुर गढी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिकाका ३ जना रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०