Tuesday, 1st September, 2026
वि.स.

हत्या गरी फरार रहेका मकवानपुरका २ जना पक्राउ

pakrau2-1602998907.jpg

आफ्नै सहकर्मीको हत्या गरी फरार मकवानपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले जनाएको छ । उनीहरुलाई ११ वर्षपछि पक्राउ परेका हुन् ।

उनीहरुलाई ब्युरोको टोलीले बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ गरी थप कारबाहीका लागि शनिबार वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरो प्रहरीले जनाएको छ ।

उनीहरुले विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif