Wednesday, 17th June, 2026
वि.स.

स‌ंक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

gautam-1602242498.jpg

 कोरोना संक्रमित व्यक्ति बाहिर निस्किएर सरकारको आग्रहलाई पालना नगरे ६ महिना जेल सजाय गरिने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्रवर गौतमले यस्तो बताए।

कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको भन्दै प्रवक्ता गौतमले त्यस्तो प्रमाण भेटिए कारबाही हुने बताए। उनले मन्त्रालयमा यस्तो सूचना आएको समेत जानकारी दिए।

पोजेटिभ रिपोर्ट आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडडुल गर्ने, अरुलाई भेट्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुने प्रवक्ता गौतमले बताए। प्रवक्ता गौतमले आफन्त वा कोही व्यक्ति यस्तो गरेको पाइए घरपरिवार र छिमेकी अनुगमन गरी खबर गरिदिन आग्रह गरेका छन्।

त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको उनले जानकारी दिए। प्रवक्ता गौतमले शंका लागेर पीसीआर परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०