Tuesday, 1st September, 2026
वि.स.

स्वास्थ्य मन्त्रालयमा अब आधामात्रै कर्मचारी

ministry-of-health-1590056466.jpg

 कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आधा कर्मचारीबाटै नियमित काम गर्ने भएको छ । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले सतर्क भएको हो ।

स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर ड्युटीमा आउने व्यवस्था मिलाएको हो ।

धेरै कर्मचारी आउँदा भिडभाड हुने र जोखिम थप बढ्ने भएकोले आधा कर्मचारीलाई मात्रै मन्त्रालय आउने व्यवस्था मिलाएको विष्टले  बताए । ‘अघिल्लो दिन एउटा टोलीले ड्युटी गर्छ । अर्को दिन त्यो टोली विदामा बस्छ र अर्को टोली काममा आउँछ । यसरी मिलाएका छौँ,’  उनले भने।

मन्त्रालयले यो महिनाभरिका लागि यस्तो आलोपालो प्रणाली सुरु गरेको हो ।यता स्वास्थ्य सेवा विभागले पहिले पालो प्रणाली नलगाए पनि पहिलेदेखि नै थोरै कर्मचारीबाट काम चलाएको बताएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भन्छन् , ‘कुनै महाशाखामा ६० प्रतिशत विदामा छन् । कुनैमा ७० प्रतिशत छन् । कतै अलि धेरै नै आएर काम पनि गरिरहेका छन् । आवश्यकता हेरी हेरी विदामा बस्ने र काम गर्ने भइरहेको छ ।’



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif