nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वरोजगारको सभामा बचतकर्ता, ऋणी, जेष्ठ नागरिक सम्मानित

मकवानपुरको आमभञ्ज्याङ्गमा रहेको स्वरोजगार साना किसान कृषि सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा भएको छ । कार्यक्रम मकवानपुर क्षेत्र नम्बर २ का साँसद सुवाशचन्द्र ठकुरीको प्रमुख आतिथ्य तथा सहकारीकी अध्यक्ष सुन्तली पुडाशैनीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष पुडाशैनीले प्रगति प्रतिबेदन, प्रबन्धक गोमा लामाले आर्थिक बर्ष २०७२/७३ को आर्थिक प्रतिबेदन र कार्यसमिक्षा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष एकराज उप्रेती, ग्रामिण महिला सेवा केन्द्रकी पूर्व अध्यक्ष पार्वती राना, स्वरोजगार साना किसान कृषि सहकारीका सल्लाहकारहरु जीतबहादुर घिमिरे, बिदुर हुमागाई, थलनाथ घिमिरे, ईजरायलमा कृषि तालिममा लिएका कृष्णप्रसाद बजगाई, लिला बजगाई, राधाकुमारी हुमागाई लगाएतले मन्तव्य  व्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेसका रामशरण धिताल, नेकपा एमालेका टिकाप्रसाद दाहाल, शारदा उच्च माबिका बिष्णु दंगाल, नमुना सामूदायिक बन उपभोक्ता समूहका शम्भु हुमागाँई, नव चेतनशील समाजका अशोक सुजन श्रेष्ठ, ईजरायलमा कृषि तालिममा सहभागी सोनम लामा लगाएतको आतिथ्य रहेको थियो । त्यस्तै, कार्यक्रममै सहकारीका उत्कृष्ट बचतकर्ता, असल ऋणी र जेष्ठ नागरिकलाई सम्मान गरेको थियो । समूह बचततर्फ ९ र बाल बचततर्फ एक समूहलाई पुरस्कृत गरिएको छ । त्यस्तै असल ऋणीतर्फ निर्मला न्यौपाने, जसुदा लम्साल, सरस्वती तिमल्सिना र टिकाकुमारी तिमल्सिना पुरस्कृत भए । जेष्ठ नागरिक सम्मानतर्फ चमेली खड्का, देवकुमारी घिमिरे, धनमायाँ गोले, मेघकुमारी तिमल्सिना र लिलाकुमारी न्यौपाने सम्मानित भए ।