Tuesday, 16th June, 2026
वि.स.

ड्युटीमा खटिएका असईद्वारा गोली हानी आत्महत्या

goli-prahar-1590300600.jpg

महानगरीय प्रहरी वृत्त स्वयम्भूअन्तर्गतको ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) विष्णु कार्कीले गोली हानी आत्महत्या गरेका छन् ।

आइतबार बिहान ड्युटीमा खटिएका बेला असई कार्कीले आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे । असई कार्कीको स्थायी दोलखा हो । उनी स्वयम्भूस्थित प्रहरी ड्युटी पोस्टका इन्चार्ज पनि हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा बिहानै प्रहरी पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका बीच काम गर्नुपर्ने प्रहरीको बाध्यताले प्रहरीमा समेत त्रासको वातावरण कायम छ । त्रासका बीच मनोबल उच्च राख्दै काम गर्न शुक्रबार मात्रै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले निर्देशन दिएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०