Sunday, 30th August, 2026
वि.स.

स्वच्छन्द भैरवको अध्यक्षमा बलामी निर्वाचित 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा रहेको स्वच्छन्द भैरव उच्च मावि व्यवस्थापन समितिको अध्यक्षमा संजय बलामी निर्वाचित भएका छन् । 

विद्यालयमा भएको अभिभावक भेलाबाट बलामी सर्वसम्मत निर्वाचित भएका हुन् । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक विष्णु प्रसाद दाहाल, छन् भने पदेन सदस्यमा वडा अध्यक्ष परशुराम श्रेष्ठ चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा रमेश विडारी, पर्शराम बस्नेत, प्रमिला भट्टराई, मुना बलामी, तेज बहादुर लामा चयन भएका छन् । अन्य मनोपनत सदस्यहरु भने बाँकी रहेको विद्यालयले जनाएको छ । समितिको सल्लाहकारहरुमा हरिशरण नेपाल, अशोकसिं ठकुरी, सुरेश लामिछाने, दल बहादुर गुरुङ चयन भएका छन् । 

–संजिव नेपाल/चित्लाङ
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०