Thursday, 3rd September, 2026
वि.स.

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

pakrau-1762749396.jpg

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-६ बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका ४४ वर्षीया साबित्रा हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

हुमागाईले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif