nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्मार्ट क्लबका अध्यक्षमा कालीराज

smart-y-clu-1476529056.jpg

गोगने स्मार्ट यूथ क्लबका अध्यक्ष रुपक कालीराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको भेलाले कालीराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । 

समितिको उपाध्यक्ष बालकुमार कार्की, कोषाध्यक्ष सर्मिला ढकाल, सचिव कृष्ण गोले, सहसचिव संगीता कालीराज चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा अक्कल रुम्बा, राजकुमार विष्ट, विजय मोक्तान, यूवराज कार्की, सुवास विष्ट, राजकुमार विष्ट, साजन रुम्बा, सावित्री विष्ट, कल्याण ढकाल, अजय मोक्तान, दिपक कालिराज, सुमन विष्ट, दिपा ढकाल, राम कुमार ढकाल, सजनी रुम्बा, अर्जुन गोले, भगवान अर्जेल, सागर रुम्बा, संगीता विष्ट र मनिकलाल कालिराज रहेका छन् । 

४० जना युवा सदस्य रहेको सो क्लबले ‘समाज परिवर्तनका लागि यूवाको भूमिका’ भन्ने मूल नाराका साथ यूवालाई सही मार्गमा ल्याई सामाजिक कार्यमा क्रियाशील गराउने उद्देश्य लिएको अध्यक्ष कालिराजले बताए । 

सोही भेलाले विनायक गोलेको संयोजकत्वमा ७ सदस्यीय क्ल्ब संरक्षक समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा कृष्ण कालिराज, सुनिता  ढकाल, जय बहादुर गोले, जयराम परियार र झम्क कालिराज रहेका छन् ।