nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय सरकारको उपलब्धी गाउमै स्वास्थ्य सेवा

4578-1537177416.jpg

     थाहा नगरपालिका ७ महादेवखर्कमा  शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । थाहानगरको चिसापानी महादेवखर्क, देउखेल चल्ती बसेरी पाखुरे आसपासका क्षेत्रका स्थानियबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य केन्द्र संचालनमा ल्याईएको हो । 
   ३० भदौमा एक समारोहबिच स्वास्थ्यकेन्द्रको उद्घाटन गर्दै थाहा नगरपालिकाका प्रमूख लवशेर विष्टले     नगरमा स्वास्थ्य सेवा पु¥याउन संचालनमा ल्याईएको शहरी स्वास्थ्य केन्द्रलाई आगामी दिनमा थप सेवा थप गर्दै लैजाने        बताए । स्वास्थ्य सेवा जनताको अधिकार भएकाले जनताको माग बमोजिम र भौगोलिक आवश्यक्ता बमोजिम तत्काल शुरु भएको स्वास्थ्य केन्द्र सिमित स्रोत र साधनका बिच संचालन भएको भए पनि सबैको साथ र सहयोगमा स्तरबृद्धी गर्दै लानुपर्ने प्रमूख विष्टले बताए । 
   थाहानगर वडा नं. ७ का वडा अध्यक्ष सोनामसिंह मुक्तानको अध्यक्षतामा भएको कार्यक्रमा थाहानगर स्वास्थ्य संयोजक मेघराज बलामीले शहरी स्वास्थ्य केन्द्रको औचित्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मोक्तनले यस क्षेत्रका बासीन्दाले स्वास्थ्य सेवा लिन भोग्नु परेको कष्ट अब हटेको भन्दै यसलाई सेवामुखी बनाई स्तरबृद्धीमा लाग्ने बताए । कार्यक्रम केन्द्रका प्रमूख नेमराज थिङ्गले संचालन गरेका थिए ।
   थाहा नगरपालिकामा स्थानीय      सरकार बहा ली पछि आग्राको देउखेल र चित्लाङको टौखेलमा शहरी स्वास्थ्य केन्द्र स्थापना भइसकेका छन् ।  थाहाको वडा नं. १२, ५, १ र ३ मा क्रमशः      शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना रहेको नगर प्रमुख विष्टले बताए 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)