nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह जनप्रतिनीधिको परिश्रमिकः कस्को तलब कति ?

Janaprati-1528979405.jpg

स्थानिय सरकार बने संगै स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले निक्कै मात्रामा कमाउँछन् भन्ने जनताहरुको मानसिकता रहिआएको छ । शिक्षित र सामान्य शिक्षित सम्मका जनप्रतिनिधिहरु स्थानिय शासन सञ्चालनको लागि निर्वाचित भए संगै उनीहरुका सेवा सुबिधाहरु निर्धारण गरिएको छ । केन्द्रको नियम र नीतिलाई आधार मान्दै प्रदेशले स्थानिय तहहरु जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुको सेवा सुबिधालाई निर्धारण गर्दछ ।

जस अनुसार जिल्ला समन्वय समितिको हकमा प्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ४२ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना २ हजार रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन २ हजार रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । जिल्ला समन्वय समितिका उपप्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ३७ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १५ सय रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन १८ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ५० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । जिल्ला समन्वय समितिका सदस्यहरुको मासिक सुबिधाका रुपमा प्रतिमहिना ८५ सय  रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् ।

महानगरपालिकाको हकमा महानगरपालिकाका प्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ४२ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना ३ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन २५ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । 

महा नगरपालिकाका उपप्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ३७ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १५ सय रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन २ हजार रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ५० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । महानगरपालिकाका वडाध्यक्षले मासिक सुबिधाका रुपमा प्रतिमहिना २५ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १ हजार रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । महानगरपालिकाको कार्यपालिकाको सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ८ हजार रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । र महानगरपालिकाका सभाका सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ७ हजार रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । साथै न्यायिक समितिका सदस्यले इजलास भत्ता प्रतिमहिना बढीमा ४ वटा बैठकको लागि प्रति बैठक ५ सय रुपैँया र बिधायन समिति, लेखा समिति र शुसासन समितिका सदस्यले समिति भत्ता बढीमा बार्षिक १२ वटा बैठकको लागि प्रतिबैठक ५ सय रुपँैया प्राप्त गर्दछन् ।

उपमहानगरपालिकाको हकमा उपमहानगरपालिकाका प्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ४० हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना २५ सय रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन २ हजार रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ५० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् ।  उपमहानगरपालिकाका उपप्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ३५ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १५ सय रुपैँया, दैनिक भत्ता प्रतिदिन १८ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ४० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् ।

उपमहानगरपालिकाका वडाध्यक्षले मासिक सुबिधाका रुपमा प्रतिमहिना २२ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् ।  उपमहानगरपालिका कार्यपालिकाको सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ७५ सय रुपैँया, दैनिक भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । र उपमहानगरपालिका सभाका सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ६५ सय रुपैँया, दैनिक भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । साथै न्यायिक समितिका सदस्यले इजलास भत्ता प्रतिमहिना बढीमा ४ वटा बैठकको लागि प्रति बैठक ५ सय रुपैँया र बिधायन समिति, लेखा समिति र शुसासन समितिका सदस्यले समिति भत्ता बढीमा बार्षिक १२ वटा बैठकको लागि प्रतिबैठक ५ सय रुपँैया प्राप्त गर्दछन् । नगरपालिकाको हकमा नगरपालिकाका प्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ३५ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना २ हजार रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन २ हजार रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ५० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । नगरपालिकाका उपप्रमुखले मासिक सुबिधाका रुपमा प्रतिमहिना ३० हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १५ सय रुपैँया, दैनिक भत्ता प्रतिदिन १८ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ४० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । 

नगरपालिकाका वडाध्यक्षले मासिक सुबिधाका रुपमा प्रतिमहिना २१ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । नगरपालिका कार्यपालिकाको सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ७ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । र नगरपालिका सभाका सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ६ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १६ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । साथै न्यायिक समितिका सदस्यले इजलास भत्ता प्रतिमहिना बढीमा ४ वटा बैठकको लागि प्रति बैठक ५ सय रुपैँया र बिधायन समिति, लेखा समिति र शुसासन समितिका सदस्यले समिति भत्ता बढीमा बार्षिक १२ वटा बैठकको लागि प्रतिबैठक ५ सय रुपँैया प्राप्त गर्दछन् ।

गाउँ कार्यपालिकाको हकमा गाउँ कार्यपालिकाका अध्यक्षले मासिक सुबिधाका रुपमा प्रतिमहिना ३० हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १५ सय रुपैँया, दैनिक भ्रमण भत्ता प्रतिदिन १८ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ५० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । गाउँ कार्यपालिकाका उपाध्यक्षले मासिक सुबिधाका रुपमा प्रतिमहिना २५ हजार रुपैँया, सञ्चार सुबिधा प्रतिमहिना १ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १८ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय ४० अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । गाउँ कार्यपालिकाका वडाध्यक्षले मासिक सुबिधाका रुपमा प्रतिमहिना २० हजार रुपैँया, , दैनिक भत्ता प्रतिदिन १५ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् ।  

गाउँ कार्यपालिकाका सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ६ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १५ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । र गाउँ कार्यपालिका सभाका सदस्यले मासिक सुबिधाका रुपमा प्रतिमहिना ५ हजार रुपैँया, दैनिक भत्ता प्रतिदिन १५ सय रुपैँया, बिदेश भ्रमण दैनिक भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर र यात्रा बिमा प्रति भ्रमण (प्रिमियम) १० लाख रुपैँया प्राप्त गर्दछन् । साथै न्यायिक समितिका सदस्यले इजलास भत्ता प्रतिमहिना बढीमा ३ वटा बैठकको लागि प्रति बैठक ५ सय रुपैँया र बिधायन समिति, लेखा समिति र शुसासन समितिका सदस्यले समिति भत्ता बढीमा बार्षिक १२ वटा बैठकको लागि प्रति बैठक ५ सय रुपँैया प्राप्त गर्दछन् ।

यसप्रकारले स्थानिय निकायका पदाधिकारी तथा सदस्यहरुले सुबिधा प्राप्त गर्ने ब्यवस्था रहेको छ । यी सुबिधा लिनेमा मकवानपुरमा रहेको एक महानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकाहरु रहेका छन् । जसमा हेटौँडा उपमहानगरपालिकामा   वटा वडाहरु रहेको छ भने हेटौँडा उपमहानगरपालिका कार्यपालिकामा  जना सदस्य रहेका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा १२ वटा वडाहरु रहेको छ भने थाहा नगरकार्यपालिकामा ६४ जना सदस्य रहेका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा ५ वटा वडाहरु रहेको छ भने ईन्द्रसरोवर गाउँपालिकाको गाउँ कार्यपालिकामा १३ जना सदस्य रहेका छन् । मकवानपुरको बकैया गाउँपालिकामा १२ वटा वडाहरु रहेको छ भने बकैया गाउँपालिकाको गाउँ कार्यपालिकामा २० जना सदस्य रहेका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा ९ वटा वडाहरु रहेको छ भने मनहरी गाउँपालिकाको गाउँ कार्यपालिकामा १६ जना सदस्य रहेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा ९ वटा वडाहरु रहेको छ भने बागमती गाउँपालिकाको गाउँ कार्यपालिकामा १७ जना सदस्य 
रहेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिकामा वटा वडाहरु रहेको छ भने भिमफेदी गाउँपालिकाको गाउँ कार्यपालिकामा जना सदस्य रहेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकामा ९ वटा वडाहरु रहेको छ भने राक्सिराङ गाउँपालिकाको गाउँ कार्यपालिकामा १७ जना सदस्य रहेका छन् । मकवानपुरको कैलाश गाउँपालिकामा १० वटा वडाहरु रहेको छ भने कैलाश गाउँपालिकाको गाउँ कार्यपालिकामा १८ जना सदस्य रहेका छन् । 

मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा ८ वटा वडाहरु रहेको छ भने मकवानपुर गढी गाउँपालिकाको  गाउँ कार्यपालिकामा १६ जना सदस्य रहेका छन् ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।