Monday, 15th June, 2026
वि.स.

स्थानीय तहलाई ट्रेसिङ र टेस्टिङको जिम्मा

Thahaa-1587784159.jpg

 शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्दै ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि स्वास्थ्यकर्मीहरुको तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ ।

टोलीमा एक–एकजना जनस्वास्थ्य अधिकृत, ल्याब टेक्निसियन तथा नर्स/प्यारामेडिक गरी ३ जना रहनेछन् । यस्तो टोली हरेक गाउँपालिकमा एउटा, नगरपालिकामा दुइटा, उपमहानगरपालिकामा तीनवटा र महानगरपालिकामा ५ वटा परिचालन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

संक्रमितहरुको ट्रेसिङ र टेस्टिङलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहलाई नै ट्रेसिङ र टेस्टिङको जिम्मा दिन लागिएको हो। स्थानीय र प्रदेश स्तरमा गठन गरिने ट्रेसिङ र टेस्टिङको टोलीसँग केन्द्रबाट भने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले नै समन्वय गर्ने छ। महाशाखाले अपेक्षा अनुरुपको कार्य गर्न नसकेर त्यसको सर्वत्र आलोचना हुन थालेपछि मन्त्रालयले स्थानीय स्तरमै यस्तो टोली बनाएर खटाउने निर्णय गरेको हो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०