nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तहमा न्यायिक समितिको भुमिका महत्वपुर्ण–प्रमुख खुलाल

Nyaik-1594055693.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानिय तहमा रहेको न्यायिक समितिको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । सोमबार स्थानिय तहमा रहेको न्यायिक समितिका संयोजक र कानुनी सहजकर्तासंगको छलफल तथा अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

न्यायिक समितिले सामाजिक रुपमा निकै महत्व राख्ने तथा जनतासंग प्रत्यक्ष जोडिने हुनाले यसलाई व्यवस्थित गर्दै लग्नु पर्ने उनले बताए । स्थानिय तहमै सामान्य प्रकारका न्याय निरुपण हुने हाँदा अदालतको पहुँच सम्म पुग्न नसकेका र सामान्य प्रकृतिका घटनाको सहजिकरण गर्नका लागि न्याउिक समिति महत्वपुर्ण रहेको उहाँको भनाइ थियो । प्रमुख खुलालले संविधानमै व्यवस्था भएको स्थानिय तहको न्यायिक समितिले सामाजिक क्षेत्रमा प्रभाव पार्ने भएकाले न्यायिक समितिलाई प्राथमिक्ता दिनुपर्ने बताए ।

बागमती प्रदेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुखको संयोजक्त्वमा जिल्लाका १० वटै पालिकाको न्यायिक समितिको अनुगमनसम्पन्न गरेर २२ असारमा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानिय तहका न्यायिक समितिका संयोजकहरुले न्यायिक समितिलाई स्थानिय तहहरुले त्यति ध्यान नदिएको गुनासो गरेका छन् । उनिहरुले न्यायिक समितिलाई पनि स्थानिय सरकारको एउटा शाखाकै रुपमा विकास गरेर कानुनमा दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने बताएका थिए । न्यायिक निरुपण गर्न सहजता प्रदान गर्ने कुरामा कानुनी शाखाकै रुपमा विकास गर्न सके यसले समाजमा अझै धेरै प्रभाव पार्ने उनिहरुको भनाई थियो ।

जिसस प्रमुख खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम उपप्रमुख पुडासैनीको अध्यक्षतामा भएको हो । कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह, समन्वय अधिकारी आनन्दराज पाखरेललगायत हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, मकवानपुरगढी, भीमफेदी, बागमती, राक्सिराङ्, र कैलाश गाउँपालिकाका न्यायिक समति संयोजक एवम् उपप्रमुखहरु त्था सजहकर्ताहरुको उपस्थिती थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)