Monday, 15th June, 2026
वि.स.

स्थानीय तहको विज्ञापित पदहरू सुरक्षित राख्न परिपत्र

sanghiya_mamila-1571806661.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको विज्ञापित पदहरू सुरक्षित राख्न परिपत्र गरेको छ । स्थानीय तहहरूले विज्ञापित पदमै आफूखुसी  करारमका कर्मचारी भर्ती थालेपछि तालुकदार तत्काल रोक्न निर्देशन दिएको छ । साथै उसले विज्ञापित पद पूर्ति भए–नभएको विवरण पनि स्थानीय तहहरूसँग मागेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले देशभरका स्थानीय तहका निम्ति कर्मचारी मागेको थियो । आवश्यक त्यस्ता पदहरूको पूर्तिका लागि आयोगले यतिबेला धमाधम परीक्षा सञ्चालन गरिरहेको छ ।

तर, विभिन्न स्थानीय तहले त्यस्ता विज्ञापित पदहरूको बेवास्ता गर्दै धमाधम करारमा कर्मचारी नियुक्ति गरेको संघीय मामिला मन्त्रालयले जनाएको छ । स्थानीय तहले विज्ञापित पदहरूको पोष्टिङ नै प्रभावित हुनेगरी करारमा कर्मचारी भर्ती थालेपछि त्यस्ता पदहरू सुरक्षित गर्न देशभरका स्थानीय तहलाई उसले निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गतको जनशक्ति योजना तथा विकास शाखाका अधिकृत प्रवीण कोइरालाद्वारा सोमबार जारी सर्कुलरमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम विज्ञापन भएको स्मरण गराउँदै विज्ञापित पद सुरक्षित राख्न भनिएको छ ।

‘कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम यस मन्त्रालयबाट अनुरोध भई विज्ञापन भएको र सोही सेवा समूह र तहका पदमा सिफारिस भई आएका उम्मेदवारलाई स्थायी नियुक्ति दिनुपर्ने अवस्था रहेको हुँदा सम्पूर्ण स्थानीय तहहरूले आफूले माग गरेको विज्ञापित पद सुरक्षित राख्नु हुन आदेशानुसार अनुरोध गरिन्छ’, शाखा अधिकृत कोइरालाद्वारा देशभरका स्थानीय तहका नाममा जारी सर्कुलरमा उल्लेख छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०