Wednesday, 15th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सजग रहन साउदी दूतावासको आग्रह

21140018161saudi_TWLAspNf-1773295016.jpg

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरबमा बसोबास तथा रोजगारीमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सजग र सतर्क रहन आग्रह गरेको छ ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै साउदी अरबका आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनालाई मात्र आधार मानेर आवश्यक सावधानी अपनाउन सबै नेपालीलाई अनुरोध गरेको हो ।

सूचनामा अपुष्ट वा आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, जानकारी, फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न विशेष आग्रह गरिएको छ । यस्ता गतिविधिले अनावश्यक भ्रम फैलिन सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न नेपाली समुदायलाई सचेत गराइएको छ ।

त्यसैगरी सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान, संरचना वा वस्तुको फोटो नखिच्न र भिडियो नबनाउन पनि दूतावासले अनुरोध गरेको छ ।

कुनै समस्या परेमा वा थप जानकारी आवश्यक परेमा नेपाली नागरिकले रियादस्थित दूतावास तथा जेद्दास्थित महावाणिज्य दूतावासमा सम्पर्क गर्न सकिने दूतावासले उल्लेख गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०