nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तहका ७४४ कार्यकारी अधिकृतलाई प्रदेशस्तरमा तालिम (कुन प्रदेशको तालिम कहाँ हेर्नुहोस्र सूची)

Sthaniya-Bikas-Mantralaya-1490518781.jpg

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ । तालिमको सञ्चालन ७ वटा प्रदेशमा हुनेछ । तालिम चैत १५ गतेबाट सुरु भएर चैतको १७ गतेसम्म चल्नेछ ।

देशभरका स्थानीय तहबाट हुने सेवा प्रवाहमा एकरुपता कायम गराउन र स्थानीय तहको काम कारबाहीमा समानता ल्याउन मन्त्रालयले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय तह नयाँ अवधारणा भएकाले त्यसको अभ्यास गर्दा दुविधा हुन सक्ने र सेवा प्रभावमा विविधता आइ अप्ठेरो अवस्था आउन सक्ने भएकाले मन्त्रालयले यस्तो अभियान चलाउन लागेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । 

कुन प्रदेशको तालीम कहाँ संचालन हुँदैछ थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।