nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय आर्थिक विकासमा बागमती प्रदेश सरकारको सक्रियता, श्रम तथा रोजगार नीतिसम्बन्धी छलफल

IMG_20220427_224236-1651078990.jpg

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय स्थानीय आर्थिक विकासका लागि सक्रिय देखिएको छ । यस अन्तर्गत् श्रम तथा रोजगार नीति तय गरेर अघि बढ्नेगरी मन्त्रालयले योजना अघि बढाएको छ ।

बागमतीमा मन्त्रालय गठनको छोटो अवधिमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले श्रम तथा रोजगार प्रवर्धनको लागि नीति नै तयार गरी योजना कार्यान्वयन गर्न तदारुकता देखाएको छ ।

पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रहरुलाई केन्द्र भन्दा पनि पालिकाको शाखाको रुपमा कायम गरिनु्पर्ने, रोजगार सेवा केन्द्रलाई थप सक्षम बनाइनुपर्ने, बेरोजगारहरुलाई उचित सीप तथा तालिमको व्यवस्था गरी दीर्घकालीन रुपमा स्वरोजगार बनाउने कार्यक्रम ल्याउनुपर्ने, रोजगार संयोजकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने, हरेक पालिकामा रोजगारको अवस्थाबारे एकीन तथ्याङ्कका लागि कार्यक्रम ल्याइनुपर्ने, युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न पहल गरिनुपर्ने

१४ बैशाखमा मन्त्रालयले स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरी प्रदेशमा श्रम तथा रोजगारको उचित व्यवस्थापन गर्न श्रम तथा रोजगार नीति तर्जुमा गर्न लागेको बारे जानकारी दिएको हो ।

बागमती प्रदेशमा प्रदेश मन्त्रालयको तर्फबाट स्थानीय स्तरमा स्थानीय आर्थिक विकास र रोजगार व्यवस्थापनका बारेमा रोजगार सेवा केन्द्रहरुसँगको सहभागितामा कार्यक्रम भएको यो पहिलोपटक हो । थाहा नगरपालिकाको दामनस्थित सहारा रिसोर्टमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश श्रम, राजगार तथा यातायात मन्त्री घनश्याम दाहाल  र मन्त्रालयका सचिब नेत्रप्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रदेशमा तुरुन्त श्रम तथा रोजगार नीति लागू गर्ने जानकारी दिँदै प्रदेशमा बेरोजगारीको समस्या कसरी समाधान गर्ने भन्नेमा मन्त्रालयको ध्यान रहेको बताए । उनले प्रदेशभित्र हेटौँडा र गजुरीमा रहेका तालिम केन्द्रहरुले सालिन्दा प्रदान गर्ने तालिमहरुबाट के–कति रोजगारी सिर्जना भयो भन्ने तथ्याङ्क खोजिरहेको पनि जानकारी दिए ।

स्वदेशमै खपत हुने सीप र दक्षतायुक्त जनशक्ति उत्पादनमा मन्त्रालयको जोड रहेको बताउँदै मन्त्री दाहालले पालिकाहरुमा रहेको रोजगार सेवा केन्द्रहरुले न्यूनतम रोजगार कार्यक्रम सञ्चालन गरिरहेकोमा उक्त कार्यको प्रशंसा गरे । रोजगार सेवा केन्द्रलाई थप सक्षम बनाई रोजगारीको अवसर सिर्जना र कार्यान्वयनमा प्रभावकारिता ल्याउन मन्त्रालयको तर्फबाट आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेट ल्याउने उनले बताए ।

मकवानपुर, सिन्धुली र चितवनका रोजगार संयोजकहरु सहभागी कार्यक्रममा मन्त्रालयका सचिब सुवेदीले स्थानीय आर्थिक विकासका बारेमा जानकारी दिएका थिए भने मन्त्रालयका उपसचिब पोख्रेलले प्रदेशको श्रम तथा रोजगार नीतिको मस्यौदामा उल्लेखित बुँदाहरुबारे सविस्तार चर्चा गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिब सुवेदीले ‘पाइलटिङ’को रुपमा चालु आर्थिक वर्षभित्रै मकवानपुरमा सीप नक्शाङ्कनको कार्यक्रम राखिएको पनि जानकारी दिए । सोका लागि आवश्यक सहयोग, समन्वय तथा परामर्शका लागि तथ्याङ्क विभागका पूर्वमहानिर्देशक विकास विष्ट र मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दास पनि कार्यक्रममा उपस्थित थिए । 
सोही अवसरमा सुरक्षित आप्रवासन परियोजना(सामी)का अधिकृत भक्त राईले वैदेशिक रोजगारको वर्तमान अवस्था तथा सामी परियोजनासम्बन्धी जानकारी दिँदै ‘सकेसम्म वैदेशिक रोजगारमा नजानू, जाने नै भए जाने–बुझेर मात्र जानू’ भन्ने परियोजनाको उद्धेश्य रहेको बताए । तत्काललाई चाहेर पनि वैदेशिक रोजगारमा जानबाट रोक्न नसकिने र यस्तो अवस्थामा सुरक्षित आप्रवाशनको लागि अभिमुखीकरणको आवश्यकता रहेकोमा उनको जोड थियो ।

कार्यक्रममा रोजगार संयोजकहरुले बागमती प्रदेशको श्रम तथा रोजगार नीतिमा समेट्नुपर्ने विषय र आगामी आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट समावेश गर्नुपर्ने नीति, कार्यक्रम तथा बजेटका बारेमा सुझावहरु दिएका छन् । पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रहरुलाई केन्द्र भन्दा पनि पालिकाको शाखाको रुपमा कायम गरिनु्पर्ने, रोजगार सेवा केन्द्रलाई थप सक्षम बनाइनुपर्ने, बेरोजगारहरुलाई उचित सीप तथा तालिमको व्यवस्था गरी दीर्घकालीन रुपमा स्वरोजगार बनाउने कार्यक्रम ल्याउनुपर्ने, रोजगार संयोजकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने, हरेक पालिकामा रोजगारको अवस्थाबारे एकीन तथ्याङ्कका लागि कार्यक्रम ल्याइनुपर्ने, युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न पहल गरिनुपर्ने लगायतका सुझाव दिएको राक्सिराङ गाउँपालिकाका रोजगार संयोजक गोविन्द विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका प्रकाश अधिकारी, एकराज पोखरेल, ध्रुब फुयाल, दिनेश लम्साल लगायतको उपस्थिति रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)